You are viewing the translated version of संवैधानिक अङ्ग तथा निकायको प्रमुखको जिम्मेवारी ऐनको दफा ५० बमोजिम वित्तीय उत्तरदायित्व बहन गर्ने, गराउने सम्बन्धमा संवैधानिक अङ्ग तथा निकायको प्रमुखको जिम्मेवारी देहाय बमोजिम हुनेछ.

Rule 118
संवैधानिक अङ्ग तथा निकायको प्रमुखको जिम्मेवारी ऐनको दफा ५० बमोजिम वित्तीय उत्तरदायित्व बहन गर्ने, गराउने सम्बन्धमा संवैधानिक अङ्ग तथा निकायको प्रमुखको जिम्मेवारी देहाय बमोजिम हुनेछ
-
(क) आफ्नो र मातहत कार्यालयको योजना, बजेट तथा कार्यक्रम तर्जुमा गर्ने,
गराउने र कार्यान्वयनको लागि मार्गनिदेश गर्ने,
(ख) मातहतका आयोजना वा कार्यक्रम र बजेट कार्यान्वयनको त्रैमासिक रूपमा
मूल्याङ्कन गर्ने, गराउने,
(ग) विनियोजित बजेट लक्षित उद्देश्य अनुरूप खर्च हुन नसकेमा सोको जिम्मेवारी
लिने,
(घ) आन्तरिक नियन्त्रण प्रणालीको जानकारी लिने र आवश्यक निर्देशन दिने ।